मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एपी
२०७७ असोज १८ आइतबार १२:४७:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ असोज १८ आइतबार १२:४७:००

संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उत्तर अफ्रिकी मुलुकहरू भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गरेका थिए । उनले यसअघि अल्जेरियाको भ्रमण गरेका थियो । सन् २००६ यता पहिलो पटक अमेरिकी रक्षामन्त्रीले अल्जेरियाको भ्रमण गरेका हुन् । राष्ट्रपति र सेनापतिसँग भेटवार्ता भए पनि अल्जेरियासँग कुनै सम्झौता भएको सार्वजनिक भएको छैन । 

साहेल क्षेत्रमा उत्पन्न असुरक्षाको स्थितिलाई ध्यानमा राखेर सैन्य समझदारी गर्न अल्जेरियाली नेताहरूसँग मन्त्री एस्परले प्रस्ताव राखेका थिए ।
संयुक्तराज्य अमेरिकाका लागि मोरक्को प्रमुख गैर–नेटो सदस्य राष्ट्र हो । अमेरिकी रक्षामन्त्री एस्परले मोरक्कोका विदेश मन्त्री नास्सेर बौरितासँग भेटवार्ता गरेका थिए । 

सैन्य सम्झौतापछि दुबै देशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । मोरक्कोका लागि अमेरिका सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मुलुक हो । मोरक्कोले हरेक वर्ष ‘अफ्रिका लायन’ नामको अमेरिकी सैन्य अभ्यास पनि आयोजना गर्दछ । कोरोना भाइरसका कारण यसवर्ष उक्त अभ्यास रद्द गरिएको छ ।