१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७७ असोज १५ बिहीबार १५:१८:००
Read Time : < 1 मिनेट
विश्व

इजरायली प्रधानमन्त्री नेतान्याहु भन्छन्– देश लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ

Read Time : < 1 मिनेट
रासस
२०७७ असोज १५ बिहीबार १५:१८:००

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कोभिड– १९ का कारण जारी लकडाउन हट्न अझै ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका छन् । ‘यो लकडाउनबाट बिस्तारै र क्रमिक रूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ,’ उनले बुधबार मन्त्रिपरिषद्को बैठकमा भने । 

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले सर्वसाधारणलाई उनीहरूको घरबाट दुई सय मिटरभन्दा बाहिर जान रोक्नुपर्ने र अतिआवश्यकबाहेकका गतिविधिलाई नियन्त्रण गर्न आग्रह गरेका छन् । हाल एक हजार मिटर आसपाससम्म जान पाइने व्यवस्था छ । 

इजरायलले १८ सेप्टेम्बरदेखि तीन साताका लागि दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट सङ्क्रमित पहिलाे बिरामी फेला परे पनि पछिल्ला केही सातामा यहाँको सङ्क्रमण दर बढ्न थालेपछि दोस्रोपटक लकडाउनको घोषणा गरेको हो । 

इजरायलमा कोभिड– १९ नियन्त्रणका लागि लिएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ । इजरायलको झन्डै एक चौथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।