१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २६ शुक्रबार २०:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरस्वती मैनालीलाई ४२ हजार सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार २०:२४:००

प्रहरीले दुर्व्यवहार गरेको विषयमा समाचार प्रकाशन–प्रसारण भएपछि सामाजिक सञ्जालमा भाइरल भएकी काभ्रे नमोबुद्ध नगरपालिका– ६ कानपुरकी ३९ वर्षीया सरस्वती मैनाली (सुभद्रा) को परिवारलाई मैनाली समाज र विमल पाण्डेले ४२ हजार रुपैयाँ सहयोग गरेका छन् । 

दैनिक गुजाराका लागि घरघर पुगेर तरकारी बेच्दै आएकी मैनालीको पीडा नयाँ पत्रिकाबाट सार्वजनिक भएपछि मैनाली समाज र पाण्डेले नगद सहयोग गरेका हुन् । पीडित सरस्वतीका श्रीमान् शम्भु मैनालीका अनुसार समाजले २२ हजार र पाण्डेले २० हजार रुपैयाँ दिएका हुन् ।

सहयोगका लागि समाजका प्रतिनिधि चाबहिलस्थित पीडितको डेरामा पुगेका थिए । रुपन्देहीको मणिग्राम स्थायी घर भइ हाल अष्ट्रेलियामा बस्दै आएका पाण्डेले भने पीडितको बैंकखातामा सहयोग रकम हालिदिएका थिए ।

पीडित सरस्वतीको बैंक अफ काठमाण्डूमा १७२६०००००५०४५२४ नम्बरको खाता रहेको छ । यसअघि पीडित परिवारलाई नमोबुद्ध नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।