१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २५ बिहीबार २०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण र शिक्षा सुरु   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २५ बिहीबार २०:४१:००

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरूको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सुविधा हुने बताइएको छ ।

अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गरेका थिए । गत १० भदौमा सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुगेका सापकोटाले विस्थापितहरूसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताएका थिए । सभामुखको सचिवालयका अनुसार सभामुखको पहलमा बालबालिकाहरूको शिक्षा, पालनपोषण सुरु भएको छ ।

सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोली १६ भदौमा बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राम ल्याइएको छ ।