१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १७ बुधबार
  • Wednesday, 03 July, 2024
२o७७ भदौ १७ बुधबार १९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

२८ जना फरार प्रतिवादी कास्कीबाट एकैदिन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १७ बुधबार १९:५९:oo

कास्की जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय कास्कीको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना सजाय तोकिए पनि फरार रहेका २८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार एकैदिन उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ परेकाहरू कास्कीको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद सजाय र ५० जरिवाना तोकेको स्याङ्जा कोल्मा स्थायी घर भई पोखरा महानगरपालिका– २७ बस्ने २१ वर्षीय अनिल थापामगर, बैंकिङ कसुर मुद्दामा सात दिन कैद सजाय र नौ लाख ४० हजार जरिवाना तोकेको पोखरा– १० बस्ने ५३ वर्षीय धीरज गुरुङ र केही सार्वजनिक अपराध मुद्दामा तीन सय पचास रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्कीका विभिन्न स्थानमा बस्ने २६ जनालाई पक्राउ गरेको हो । 

उनीहरू सबैलाई कास्की जिल्ला अदालत पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।
 

ad
ad
ad
ad