१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी लन्डन
२०७७ भदौ १५ सोमबार १०:१२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

६ महिनापछि फुटबल हेर्न रंगशाला पुगे दर्शक

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
२०७७ भदौ १५ सोमबार १०:१२:००

इंग्लिस प्रिमियर लिग (इपिएल) सेप्टेम्बरदेखि सुरु हुँदै छ । नयाँ सिजनको इपिएलमा सम्भवतः दर्शकको उपस्थिति रहन सक्छ । यसको सम्भावना ब्राइटन र चेल्सीबीचको खेलमा देखिएको छ।

प्रिमियर लिग सुरु हुनुअघि यी दुवै क्लबले अभ्यास खेल खेलेका थिए । एमेक्स रंगशालामा नतिजा १–१ को बराबरी निस्कियो । खेलमा ब्राइटन र चेल्सीका खेलाडीले आफ्ना समर्थकको हुटिङ र तालीको आवाज सुने । अर्थात् यो प्रतिस्पर्धा दर्शकबीच भएको थियो।

कोरोना भाइरस महामारी रूपमा फैलिएपछि संसारभरि नै विनादर्शक खेल स्पर्धा सञ्चालित भए । इपिएलमा गत मार्चदेखि नै दर्शकलाई रंगशालाभित्र जान निषेध गरिएको थियो । एक दिनअघि सम्पन्न भएको कम्युनिटी सिल्डको फाइनलमा लिभरपुल र आर्सनलबीच प्रतिस्पर्धा पनि दर्शकरहित भएको थियो ।

तर, प्रिसिजनअघिको अभ्यास खेलमा ब्राइटन र चेल्सीलाई हौस्याउन २५ सय समर्थक रंगशाला पुगे । धेरैजसोले यसलाई सुखद पक्षमा भनेका छन् । थोरै दर्शकबीच खेल सुचारु गर्न सकिने सन्देश गएको छ । प्रतिस्पर्धामा धेरै सुरक्षा अपनाइएको थियो । 

तस्बिर : स्काइस्पोर्ट्स डटकमबाट