१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा पाँच हजार रन बनाउने धोनी पहिलो विकेटकिपर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३६:oo

चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल)मा पाँच हजार रन पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् । भारतमा जारी लिगको १७ सिजनमा आएर ब्याटर तथा विकेटकिपर धोनीले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

लखनउमा भएको खेलमा लखनउ सुपर जायन्ट्सले सबैभन्दा बढी लक्ष्य पूरा गर्दै चेन्नईलाई आठ विकेटले हराएको हो । यो खेलमा धोनीले आठ बलमा २८ रन बनाएका थिए । ४२ वर्षीय खेलाडीले आइपिएलमा पाँच हजार रन बनाएको पहिलोपटक हो । धोनीले हालसम्म आइपिएलका दुई सय ५१ खेल खेलेका छन् । धोनीपछि आरसिबीका दिनेश कार्तिकले २२८ खेलमा ४३६३ रन बनाएका छन् । 

धोनीले फरक दुई कीर्तिमान बनाएको खेलमा भने चेन्नई पराजित भयो । लखनउले कीर्तिमानी लक्ष्य पछ्याउँदै जित निकालेको हो । लखनउले १७७ रनको लक्ष्य १९ ओभरमा पूरा गरेको थियो । धोनीले यही खेलमा ४२ वर्ष पुगिसक्दा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । धोनीले क्रिस गेलको कीर्तिमान तोडेका हुन् । वेस्ट इन्डिजका गेलले ४० वर्षको उमेरमा आइपिएलमा ४८१ रन बनाएका छन् । 

पछिल्लो दुई वर्षमा धोनीको स्ट्राइक रेट निकै बढेको छ । उनले पछिल्लो वर्ष १८२.४६ स्ट्राइकर रेटमा एक सय ४ रन बनाएका थिए । यस वर्ष २५५.८८ स्ट्राइकर रेटसँगै ८७ रन बनाएका हुन् । पछिल्लो वर्ष ५० माथि बलको सामना गर्नेमा धोनी अगाडि छन् । धोनीपछि सन्राइजर्स हैदराबादका अभिषेक शर्माले २०५.२६ स्ट्राइक रेट बनाएका छन् । ट्रेविस हेडको स्ट्राइकर रेट १९९.१५ छ । 

यस्तै, लखनउका कप्तान केएल राहुल २५ पटक ५० रन बनाउने पहिलो विकेटकिपर बनेका छन् । उनले धोनीलाई पछि पार्दै यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । धोनीले हालसम्म २४ पटक ५० रन पूरा गरेका छन् । क्विन्टन डी काकले २३ र दिनेश कार्तिकले २१ र रविन उथप्पाले १८ पटक ५० रन पूरा गरेका हुन् । 

 

 

ad
ad