१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कोलकाताले बेंग्लोरलाई १ रनले हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को आइतबारको ३६औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई रोमाञ्चक १ रनले हराएको छ । आइपिएल इतिहासमा १ रनको यो जित १३औँ हो । इडेन गार्डेन मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रनको योगफल खडा गर्‍यो ।

प्रत्युउत्तरमा बेंग्लोरले २० ओभरमा सबै विकेट गुमाएर २२१ रन बनाएको थियो । खेलमा कोलकाताका एन्ड्रे रसेल म्यान अफ दी म्याच भए । उनले ब्याटिङमा २० बलमा २७ रन र बलिङमा २५ रन खर्चेर तीन विकेट लिए । जितसँगै कोलकाताले सात खेलबाट १० अंक बटुली दोस्रो स्थान रक्षा गरेको छ । बेंग्लोरले आठ खेलमा २ अंक मात्र जोडेको छ । बेंग्लोर पुछारमा छ । शीर्ष स्थानको राजस्थान रोयल्सले १२ अंक जोडेको छ । 

अन्तिम ओभरमा २१ रन आवश्यक 
बेंग्लोरलाई अन्तिम ओभरमा २१ रन आवश्यक थियो । कोलकाताबाट मिचेल स्टार्कले बलिङ गरेका थिए । उनले पहिलो चार बलमा १६ रन खर्चेका थिए । बेंग्लोरका कर्ण शर्माले १९.३ र १९.४ ओभरमा छक्का प्रहार गरी बेंग्लोरलाई सनसनी जिततर्फ उन्मुख गराए । इनिङ्सको १९.५ ओभरमा स्टार्कले कर्णको उत्कृष्ट क्याच लिए । कर्णले स्ट्रेट ड्राइभ प्रहार गरेको बललाई स्ट्रार्कले उत्कृष्ट क्याच लिएका हुन् ।

इनिङ्सको अन्तिम बलमा बेंग्लोरलाई ३ रन आवश्यक रह्यो । लोकी फर्गुसनले २ रन लिने प्रयास गरे । उनी दोस्रो रन लिने चक्करमा विकेटकिपर साल्टबाट रनआउट भए । फर्गुसन रनआउट भएसँगै कोलकाताले बेंग्लोरमाथि सनसनी १ रनको जित निकाल्यो । स्टार्कले तीन ओभरमा ५५ रन खर्चंदै एक मात्र विकेट हात पारे । हर्षित रानाले ३३ रन खर्चेर दुई विकेट लिए । वरुण चक्रवर्ती र सुनील नारिनले समान एक विकेट हात पारे । 

प्रतिओभर ११ रनरेट बनाउन पर्ने इनिङ्समा बेंग्लोरले ३.१ ओभरमा दुवै ओपनर गुमाएको थियो । विराट कोहली १८ तथा फा डु प्लेसिस ७ रनमा आउट भए । विल ज्याक्स र रजत पतिदरले तेस्रो विकेटका लागि १०२ रनको शतकीय साझेदारी गर्दै बेंग्लोरलाई बलियो स्थितिमा पुर्‍याए । दुवैले बेंग्लोरलाई ११.१ ओभरमा १३७–३ को स्थितिमा राखे । रसेलले एकै ओभरमा बेंग्लोरका ज्याक्स र रजतका विकेट लिँदै खेल कोलकातातर्फ ल्याए । 

ad
ad