१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १७ बुधबार ११:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पार्टीभित्रै राजीनामा माग भएपछि प्रधानमन्त्री ओली जुटे आफ्ना मन्त्रीहरूसँग छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १७ बुधबार ११:५२:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटीको बैठकभित्र शीर्ष नेताहरूले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि प्रधानमन्त्री ओली आफ्ना मन्त्रीहरूसँग छलफलमा जुटेका छन् । 

बुधबार बिहान प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्य रहेका र आफ्नो मन्त्रिपरिषदमा सदस्य रहेका मन्त्रीहरूसँग छलफल गरेका छन् ।  

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग पार्टीभित्र उत्पन्न राजनीतिक संकटबारे सुझाब मागेका थिए । 

भेटमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष नेताहरू गालीगलौजको शैलीमा उत्रिएको परिस्थितिपछि उत्पन्न अवस्थाबारे मन्त्रीहरूको सुझाब मागेका थिए ।  

पार्टीभित्र अहिले देखिएको परिस्थिति व्यवस्थापनका लागि प्रधानमन्त्रीले मन्त्रीहरूको राय मागेका थिए । 

भेटमा सहभागी मन्त्रीहरूले पार्टीभित्र विश्वासको वातावरण बनाउन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीलाई सुझाब दिए । 
उनीहरूले यस्तो अवस्था आउनुमा पार्टीभित्र समस्याहरू भएको र उक्त समस्याहरू समाधानतर्फ जानुपर्नेमा जोड दिएका थिए ।  

मन्त्रीहरूले पार्टीभित्र देखिएको समस्या समाधान भए मात्र पार्टी एकढिक्का हुने भएकाले नेताहरूसँग संवाद बढाउन प्रधानमन्त्रीलाई सुझाब दिएका थिए । 

उनीहरूले विश्वासको वातावरण बनाउन संवाद बढाउन र पार्टीले गरेको निर्णय सबैले पालना गरेर जानुपर्ने सुझाब प्रधानमन्त्रीलाई दिएका थिए । 

भेटमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।