१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल फाेटाे
२०७७ जेठ २ शुक्रबार ११:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मिचिएकाे नेपाली भूमिसहित नक्सा सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिनुपर्छ : नेकपा सचिवालय

Read Time : < 1 मिनेट
२०७७ जेठ २ शुक्रबार ११:१५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा लिम्पियाधुरासहित भारतले मिचेकाे नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्ने कुरा समेट्न सदस्यहरूले सुझाब दिएका छन् ।

राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा सुझाब लिन सचिवालय बैठक डाकिएकाे थियाे । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बैठकमा भारतले मिचेको नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममा आउनुपर्ने सुझाब दिएको बताए ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूसँग नीति तथा कार्यक्रमको विषयमा सुझाब माग गरेका थिए । खनालका अनुसार कोरोना महामारीले पारेको असरलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाब दिइएको छ ।

खनालले कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई उकास्ने कार्यक्रम आउनुपर्ने सुझाब दिइएको बताए ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीका तर्फबाट प्रधानमन्त्रीज्यूले सुझाब माग गर्नुभयो, हामीले केही महत्वपूर्ण सुझाबहरू दिएका छौँ ।’