१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ बैशाख १८ बिहीबार १०:११:००
Read Time : < 1 मिनेट
विश्व

बलिउड अभिनेता ऋषि कपुरको निधन 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १८ बिहीबार १०:११:००

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित कपुरलाई अस्वस्थ भएपछि बुधबार सर एचएन रिलायन्स फाउन्डेसन हस्पिटल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको आइसियूमा राखेर उपचार भइरहेको थियो । 

ऋषिका भाइ रणधिर कपुरले उनको निधन भएको पुष्टि गरेका छन् । पारिवारिक स्रोतका अनुसार ऋषि करिब दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत सेप्टेम्बरमा भारत फर्किएका थिए । भारत फर्किएपछि पनि अस्वस्थताका कारण उनलाई लगातार अस्पताल गइरहनुपरेको थियो । 

६७ वर्षीय ऋषि गत फेब्रुअरीमा पनि उनी दुईपटक दिल्लीमा अस्पताल भर्ना भएका थिए । 

T 3517 - He's GONE .. ! Rishi Kapoor .. gone .. just passed away ..
I am destroyed !

— Amitabh Bachchan (@SrBachchan) April 30, 2020

अभिनेता अमिताभ बच्चनले ऋषि कपुरको भर्खरै निधन भएको र आफू विचलित भएको भन्दै ट्विट गरेका छन् । उनले लेखेका छन् ‘उनी गए...ऋषि गए......भर्खरै बिते......म विक्षिप्त भएँ ।’ 

ऋषि कपुर अभिनेता राज कपुरका छोरा हुन् । ऋषि कपुरले सन् १९७३ मा बबी फिल्मबाट आफ्नो करिअर सुरु गरेका थिए । योसँगै उनले बाल कलाकारको रूपमा ‘श्री ४२०’ र ‘मेरा नाम जोकर’मा पनि अभिनय गरेका थिए । ऋषि कपुरले पछिल्लोपटक इमरान हासमीसँग ‘द बडी’मा काम गरेका थिए ।  

बुधबार मात्रै बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको थियो ।