
बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ (मे ७)मा राजधानीमा गुञ्जिने भएकी छिन्। दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा उनले सांगीतिक प्रस्तुत दिन लागेकी हुन्।
युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रूपमा आयोजना गर्न लागेको कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन्। उनीहरूले जनरलका लागि एक हजार र भिआइपीका लागि दुई हजार मूल्यका टिकट बिक्रीमा राखेका छन्। कार्यक्रमको अनलाइन टिकेटिङ पार्टनर ग्लोबल अनलाइन पे रहेको छ।
फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट बलिउडको पार्श्व गायनमा पाइला चालेकी आस्थाका ‘अभी तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन्।