मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
२०७८ चैत १ मंगलबार १३:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

द कस्मिर फाइल्स : रिलिजको चौथो दिनमा ४२ करोडभन्दा बढीको कमाइ

Read Time : < 1 मिनेट
२०७८ चैत १ मंगलबार १३:१५:००

बलिउड फिल्म ‘द कस्मिर फाइल्स’ले रिलिजको चौथो दिनसम्ममा ४२ करोड भारु बढीको कमाइ गरेको छ। पहिलो दिनमा ३.५ करोड कमाइ गरेको फिल्मले चौथो दिनसम्म ४२ करोड बढीको कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्मको कमाइ तीन दिनमा ३२५ प्रतिशतले बढेको छ। यस्तो रेकर्ड बनाउन सफल सम्भवतः यो पहिलो बलिउड फिल्म हुन सक्ने बताइएको छ। मार्च ११ मा रिलिज भएको फिल्मले तेस्रो दिनमा १५.१० करोडको व्यापार गरेको थियो।

रिलिजको दिन भारतभर करिब ६०० स्क्रिन पाएको फिल्मप्रति दर्शकको क्रेज देखेर अहिले यो संख्या दुई हजार पुर्‍याइएको छ। करिब १२ करोडको लगानीमा बनेको यो फिल्म सय करोड क्लबमा प्रवेश गर्ने आकलन गरिएको छ। फिल्मले आइएमडिबी रेटिङ ८.३ पाएको छ। विवेक रञ्जन अग्निहोत्रीले निर्देशन गरेको फिल्म कस्मिरी पण्डितको कथामा आधारित छ।

गत फेब्रुअरी २५ मा आलिया भट्ट र अजय देवगन अभिनीत ‘गंगुबाई काठीयावाडी’ रिलिज भएको थियो। ठूला ब्यानर र स्टारकास्टका मात्र नभई ३६०० पर्दामा फिल्म प्रदर्शन भएको थियो। यसका बाबजुद फिल्मले एक सातामा ३९ करोड मात्र कमाएको थियो। तर, द कस्मिर फाइल्सले रिलिजको चौथो दिनमा नै ४२ करोडभन्दा बढीको व्यापार गरेको छ।