१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ चैत १४ शुक्रबार १७:०५:००
Read Time : < 1 मिनेट
अर्थ

बेंसीसहर नगरपालिकाले खाद्यसामग्री घरघरमै पुर्‍याउने

Read Time : < 1 मिनेट
२०७६ चैत १४ शुक्रबार १७:०५:००

बेंसीसहर नगरपालिकाले नागरिकलाई अतिआवश्यक खाद्यसामग्री आवश्यक परेमा घरघरमै पुर्‍याउने भएको छ ।

नगरपालिकाले अतिआवश्यक खाद्यसामग्रीको समस्या परेमा घरघरमै पुर्‍याउने निर्णय गरेको हो । कार्यपालिका बैठकले नगरपालिकाको ट्याक्टरमार्फत निःशुल्क घरघरमा खाद्यसामग्री ढुवानी गर्ने निर्णय गरेको नगरप्रमुख गुमानसिंह अर्यालले जानकारी दिए ।

लकडाउनको समयमा ढुवानीको समस्या हुने भएकाले खाद्यसामग्री घरघरमै पुर्‍याइदिने व्यवस्था गर्ने निर्णय गरिएको मेयर अर्यालले बताए । नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले समस्यामा परेका परिवारलाई ३० किलोबराबरको एक बोरा चामल, एक लिटर तेल, चना, दाल र नुन एक–एक किलो उपलब्ध गराउने निर्णय गरिएको बताए ।

नगरपालिकाले नगरभित्र दैनिक रूपमा मजदुरी र ज्यालादारी गर्ने परिवारका लागि पनि सहयोग गर्ने भएको छ । दैनिक रूपमा मजदुरी र ज्यालादारी गर्ने परिवार लकडाउनका कारण समस्यामा परेकाले खाद्यसामग्री सहयोग गर्ने निर्णय गरिएको प्रमुख अर्यालले बताए ।