१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्रको ढुवानी अब हुलाकले गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:२८:oo

राष्ट्रिय परिचयपत्रको ढुवानी अब हुलाक सेवा विभागले गर्ने भएको छ। मंगलबार हुलाक सेवा विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच यससम्बन्धी सम्झौतापत्रमा संयुक्त हस्ताक्षर भएको छ। 

पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल र हुलाक सेवा विभागका महानिर्देशक प्रदीप अधिकारीले सम्झाैतापत्रमा हस्ताक्षर गरे। जसअनुसार अब बुधबारदेखि नै राष्ट्रिय परिचयपत्र हुलाकले बोक्नेछ। 

राष्ट्रिय परिचयपत्र हुलाकमार्फत वितरण केन्द्रमा ढुवानी गर्ने गरी सम्झाैता भएको महानिर्देशक अधिकारीले जानकारी दिए। हाल सबै जिल्लामा यस्ता वितरण केन्द्र छन्। 

नयाँ समझदारीसँगै पञ्जीकरण विभागको ढुवानी खर्च बचत हुनुका साथै हुलाकको राजस्वमा पनि योगदान पुग्ने अधिकारीको दाबी छ। यसअघि राहदानी, कन्सुलर कागजात, इम्बोस्ड नम्बर, स्थायी लेखा नम्बर (प्यान) कार्ड पनि हुलाकले नै ढुवानी गरिरहेको छ। 

‘हुलाक सेवा विभागलाई प्रशासनिक मात्र होइन, अब सेवामूलक उद्योगका रूपमा अघि बढाउने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ,’ विभागका महानिर्देशक अधिकारीले भने।

ad
ad