१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मिलन दाहाल काठमाडौंं
२०७६ चैत ५ बुधबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार

‘एसइई स्थगित गर्ने सरकारको निर्णय स्वीकारयोग्य’

Read Time : < 1 मिनेट
मिलन दाहाल, काठमाडौंं
२०७६ चैत ५ बुधबार १९:३१:००

परीक्षा सञ्चालन हुन केही घण्टा मात्र बाँकी रहँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बिहीबारबाट हुने तालिका रहेको एसइई परीक्षा अनिश्चितकालका लागि स्थगित भएको हो । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेका बेला सरकारले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का प्रवक्ता कुमार घिमिरेले बताए ।

एक/दुई दिनअगाडि नै निर्णय गरेको भए राम्रो हुने भन्दै प्रवक्ता घिमिरेले सरकारको निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘केही भएर नै सरकारले यस्तो निर्णय लिएको हुन सक्छ ।’

सरकारको यो निर्णयलाई राष्ट्रिय अभिभावक महासंघले पनि सकारात्मक रूपमा लिएको छ । सरकारले अन्तिम समयमा भए पनि मानव स्वास्थ्यलाई ध्यानमा राखेर निर्णय लिएको राष्ट्रिय अभिभावक संघ नेपालका अध्यक्ष धर्मदत्त देवकोटाले बताए । उनले भने, ‘याे निर्णय सरकारले दुई साताअघि नै गर्नुपर्थ्याे तर, आज भए पनि गरेको छ ।’