१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार ११:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा एसइई दिने ५५ हजार १० विद्यार्थी 

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३८:oo

यस वर्ष सुदूरपश्चिम प्रदेशका ५५ हजारभन्दा बढी विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन्। चालू शैक्षिक सत्र ०८० मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिम प्रदेशका ५५ हजार १० विद्यार्थी सहभागी हुने भएका हुन्। 

१५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिम प्रदेशका साधारणतर्फ ५० हजार आठ सय २४, ग्रेडवृद्धितर्फ दुई हजार तीन सय ४३ र प्राविधिक धारतर्फ एक हजार आठ सय ४३ विद्यार्थीले परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ। 

शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्या‌ंकअनुसार नियमित, ग्रेडवृद्धि, प्राविधिक धारतर्फ गरेर २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा गरेर ५५ हजार १० विद्यार्थी एसइईमा सहभागी हुने भएका छन्। 

साधारण (नियमिततर्फ) छात्र २५ हजार ८८, छात्रा २५ हजार सात सय २६ गरेर ५० हजार आठ सय २४, ग्रेडवृद्धितर्फ छात्र एक हजार १७, छात्रा एक हजार तीन सय २६ गरेर दुई हजार तीन सय ४३, प्राविधिक धारतर्फ नियमिततर्फ छात्र एक हजार एक सय ३९, छात्रा सात सय चार गरेर एक हजार आठ सय ३३ छन्। 

यस वर्ष एसइई दिनेमध्ये प्रदेशमै सबैभन्दा बढी कैलालीका विद्यार्थी छन्। ५३ परीक्षा केन्द्र रहेको कैलालीमा नाै हजार तीन सय २२ छात्र, नाै हजार तीन सय ८९ छात्रा गरेर १८ हजार सात सय २० र ३५ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा चार हजार नाै सय ५९ छात्र, पाँच हजार तीन सय ७६ छात्रा गरेर १० हजार तीन सय ३५ विद्यार्थी रहेका छन्। 

२५ परीक्षा केन्द्र रहेकोे बैतडीमा छात्र दुई हजार चार सय ५७, छात्रा दुई हजार ६ सय ३० गरेर पाँच हजार ८७, २४ परीक्षा केन्द्र रहेको अछाममा छात्र दुई हजार चार सय ८३, छात्रा दुई हजार चार सय ६७ गरेर चार हजार नाै सय ५०, १९ परीक्षा केन्द्र रहेको बझाङमा छात्र दुई हजार दुई ६६, छात्रा दुई हजार एक सय १४ गरेर चार हजार तीन सय ८०, १२ परीक्षा केन्द्र रहेको डोटीमा छात्र एक हजार ६ सय १३, छात्रा एक हजार ६ सय ८४ गरेर तीन हजार दुई सय ९७, १५ परीक्षा केन्द्र रहेको बाजुरामा छात्र एक हजार पाँच सय ३९, छात्रा एक हजार तीन सय ९५ गरेर दुई हजार नाै सय ३४, १६ परीक्षा केन्द्र रहेको दार्चुलामा छात्र एक हजार तीन सय ५१, छात्रा एक हजार तीन सय ९९ गरेर दुई हजार सात सय ५० र १२ परीक्षा केन्द्र रहेको डडेल्धुरामा छात्र एक हजार दुई सय ५४, छात्रा एक हजार तीन सय तीन गरेर दुई हजार पाँच सय ५७ विद्यार्थी सहभागी हुँदै छन्। 

सुदूरपश्चिम प्रदेशका नाैवटै जिल्लामा दुई सय ११ परीक्षा केन्द्र रहेका छन्। उक्त परीक्षा केन्द्रहरूमा आठ हजारभन्दा बढीकर्मचारी खटिनेछन्। केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, प्रहरी, विद्यार्थी सहयोग गरेर आठ हजार एक सय ४३ कर्मचारी खटिनेछन्। दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक परीक्षा केन्द्रध्यक्ष, दुई हजार सात सय ४३ निरीक्षक, पाँच सय ५५ सहायक कर्मचारी, तीन हजार दुई सय ६५ प्रहरी, एक हजार ९५ विद्यालय कर्मचारी खटिनेछन्। 

दार्चुलामा चार सय ९५, डोटी चार सय ८५, बाजुरा पाँच सय एक, बैतडी आठ सय ३७, डडेल्धुरा ४१५, कैलाली दुई हजार चार सय ५६, अछाम आठ सय १३, कञ्चनपुर एक हजार चार सय ५४ र बझाङमा ६ सय ८७ कर्मचारी खटिनेछन्। शिक्षा विकास निर्देशनालय दिपायल डोटीका निर्देशक दुर्गादत्त विष्टले एसइईको तयारी अन्तिम चरणमा पुगेको बताए। 

निर्देशक विष्टका अनुसार नाैवटै जिल्लामा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। सबै शिक्षा विकास तथा समन्वय इकाई केन्द्र, परीक्षा केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गराइएको छ। परीक्षा निष्पक्ष, भयरहित शान्त वातावरण सम्पन्न गरिने निर्देशक विष्टले बताए। 

ad
ad