१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २१ मंगलबार १६:५८:००
Read Time : > 1 मिनेट
समाचार

चीनबाट ल्याइने विद्यार्थी संसद भवनमा राख्न प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २१ मंगलबार १६:५८:००

सरकारले नोवेल कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि भइरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समय लिएर बोल्दै भाइरस संक्रमण फैलिन नदिन सरकारबाट भइरहेको कामबारे जानकारी गराएका थिए । उनले प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको जस्ता काम भइरहेको उनले स्पष्ट पारे ।

मन्त्री ढकालले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषयमा सरकार जुटेको स्पष्ट पारेका थिए । उनले नेपाल फर्कन चाहने विद्यार्थीलाई सरकारले ल्याउने तयारी गरेको र उनीहरुलाई ल्याएपछि कसरी राख्ने भन्ने विषयमा पनि गम्भिर हुनुपर्ने आवश्यकता रहेको बताए । वुहानमा विमानस्थल बन्द रहेको र यातायातसमेत संञ्चालन हुन नसकेपछि स्थानीय सरकारसँग समन्वयन गरी त्यहाँका नेपालीलाई फर्काउने बताए । यस्तै, उनले नेपाल ल्याएपछि उनीहरूलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा राखेर परिवारको सम्पर्कमा पठाउने तयारी रहेको बताए ।

कुनै रोगको संक्रमण फैलिएपछि 'संक्रमक रोग ऐन २०२०' को दफा २ को ३ अर्न्तगत सरकारले कानुनी प्रावधानअनुसार आदेश जारी गरिसकेको मन्त्री ढकालले स्पष्ट पारे । उनले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भइरहेको जानकारी दिए । यसका साथै काठमाडौंबाहेक पोखरा, चितवन र भैरहवालगायत स्थानमा हेल्प डेक्स राखेर सम्भावित जोखिम कम गर्ने प्रयत्न गरेको बताए ।

उनले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाउँ नपाएको र ढिलाइ गरेको भन्ने विषयमा सत्यता नभएको दाबी गरे । उनले भने, “ल्याएका विद्यार्थीलाई कहाँ राख्ने भन्ने विषयमा निष्कर्ष नजिक पुग्न लागेका छौँ । बस्तीभन्दा टाढा छान्नु उपयुक्त हुने सरकारको बुझाइ छ । तर त्यो पूर्ण रुपमा रोगलाई संक्रमित हुन नदिन भन्दा अभिव्यक्ति स्वतन्त्रताको उपयोग मात्रै हो भन्न मेरो बुझाइ रहेको व्यहोरा सदनलाई जानकारी गराउछु ।”

प्रतिनिधिसभाको मंगलबारकै बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका थिए । उनले चीनमा कोरोना भाइरसको उत्पत्तिसँगै तीव्र रूपमा फैलिएकाले यसमा उच्चा सर्तकता र कडा व्यवस्थापन गर्नु जरुरी छ । तर नेपालमा समस्या नभएकाले उसको जस्तै तयारी गर्नुपर्छ भन्ने भनाइ तर्कसंगत नभएको बताए । उनले भने, “चीन सरकार जसरी नाच्छ त्यही तालमा हामीले खुट्टा उचाल्नु पर्छ भन्ने छैन ।”

उनले विमानस्थलमा हेल्प डेक्स राखेर मेसिनबाट जाँच भइरहेको पनि उल्लेख गरेका थिए । नेपाल फर्कन चाहने विद्यार्थीलाई फर्म भर्न गरेको आव्हानमा एक सय ८० जनाले फर्म भरेको जानकारी दिए । 

१६ माघदेखि अन्तर्राष्ट्रिय स्तरमा इमरजेन्सीको घोषणा गरे पनि व्यापार र यातायातमा कुनै प्रतिबन्ध नलगाइएको उनले स्पष्ट पारे । भाइसरबाट विरामी सिकिस्त नहुने र अस्पताल जाने स्थिति कम भएको तथा एउटा विरामीबाट अर्को स्वस्थ्य व्यक्तिमा सर्नका लागि २ देखि १४ दिन लाग्ने भएकाले सावधानी अपनाउनु पर्ने उनले बताए । कोरोना भाइरसका संक्रमणबाट जोगिन गरिएको काम र चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मन्त्रीले राखेको भनाइमा १४ जना सांसदले प्रतिप्रश्न गरेका थिए ।