
ललितपुर महानगरपालिकाले फागुन १ देखि विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरले कोरोना भाइरसका कारण बन्द गरिएका विद्यालय फागुन १ देखि पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालन गरी फागुन १ देखि सञ्चालन गर्ने महानगरले जनाएको छ । त्यसैगरी महानगरले विद्यालय सञ्चालन गर्दा १२ वर्ष उमेर पुगेका विद्यार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा विद्यार्थी संख्या विचार गरी आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने बताएको छ ।