१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
माधबप्रसाद सिग्देल
२०७६ माघ १५ बुधबार २०:४३:००
Read Time : > 2 मिनेट
ब्लग

कता जाँदैछ विद्यार्थीको भविष्य ?

Read Time : > 2 मिनेट
माधबप्रसाद सिग्देल
२०७६ माघ १५ बुधबार २०:४३:००

अनुशासन र नैतिकता विद्यार्थीको गहना हो । शिक्षा प्राप्त गरि आफ्नो ज्ञान सिप र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन अग्रसर व्यक्तिलाई विद्यार्थी भनिन्छ । प्राचिन कालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा विद्यार्थीको परिभाषा फरकफरक भए पनि अर्थमा तात्विक भिन्नता देखिंदैन । तर अहिलेको अवस्थालाई विश्लेषण गर्दा विद्यार्थीको भविष्य अन्योलतातर्फ अघि बढ्दै गएको आभाष हुन थालेको छ ।

देश विकासको प्रमुख खम्बा शिक्षा नै हो । तर, विद्यार्थीलाई दिइएको स्वतन्त्रताले उनीहरुको भविष्यलाई सकारात्मक बाटोतर्फ उन्मुख गराएको छ त ? 
प्राचिन समयमा विद्यार्थीलाई पाप र पुण्यको आधारमा कडा अनुशासनमा राखेर अध्यापन गराइन्थ्यो । बीचको समयमा दण्डलाई प्रयोग गरेर विद्यार्थीलाई अध्यापन गराइन्थ्यो । जसले उनीहरुको स्वतन्त्रतालाई कुण्ठित पक्कै पार्यो र केही निर्दोष  विद्यार्थी पनि सजायँको भागिदार बन्न पुगे । यी र यस्ता क्रियाकलाप गलत भएको महसुस सर्वत्र भएर नै होला उनीहरुमा स्वतन्त्रतापूर्वक सिकाई हुनुपर्ने माग बढ्न थाल्यो र सो कुरालाई शैक्षिक जगतले आत्मसात गरी अगाडि बढायो पनि । 

अहिलेको  सिकाइ क्रियाकलापले विद्यार्थीको भविष्यलाई उज्यालोतर्फ उन्मुख गराएको छ त ? यो प्रश्नको जवाफबाट मात्रै विद्यार्थीको भविष्य केही अन्दाज गर्न सकिएला कि ? 

खुला र स्वतन्त्रताबाट मात्रै विद्यार्थीको भविष्य उज्ज्वल बाटोमा अगाडि बढाउने प्रयासले विद्यार्थीको भविष्य अझै अन्धकारतर्फ उन्मुख भएको पनि देखिन्छ । बालबालिकाको दोस्रो परिवार, विद्यालय हो । परिवारमा नै उसले धेरै संस्कार र गतिविधि सिकेर मात्रै दोस्रो परिवारको रुपमा विद्यालय प्रवेश गर्दछ ।

सन्तानलाई बढि माया र ममताले बिगारेका पनि धेरै उदाहरण छन् । सन्तानलाई सुख दिने चाहनामा अभिभावकले ठूलो भूल गरेको पनि पाइन्छ । बालकालिकाको दोस्रो घर पाठशाला नै खराब शिक्षण संस्था बन्नु हुँदैन् । विद्यालय पनि नराम्रा र अशोभनीय समाचारको केन्द्रबिन्दु बनेका पनि छन् । जस्तै विद्यार्थी विद्यार्थीबीचको झगडा, शिक्षकमाथि अमानवीय ब्यवहार, कलिलै उमेरमा लागू औषधको प्रयोगजस्ता धेरै समाचार विद्यालयका बारेमा सुन्नमा आउँछ । विद्यार्थीले शिक्षा आर्जन गर्ने क्षेत्रको वातावरण त्यस्तो भएपछि विद्यार्थीको भविष्य कता जाला ? गम्भीर प्रश्न उत्पन्न हुन पुग्दछ । 

हरेक विद्यार्थीका राम्रा आवश्यकताहरु पूरा गर्नु पर्छ तर अनावश्यक चाहनालाई नियन्त्रण पनि गर्नु पर्छ । त्यसका लागि पहिलो पाठशाला परिवारबाटै सुरुवात हुनुपर्छ । परिवारको सहयोग नभए विद्यालयमा बालबालिकालाई सिकाईमा केन्द्रीत गराउन कठिन हुन्छ । आधुनिकताको नाममा बढि स्वतन्त्रता दिँदा अधिकांश विद्यार्थीले नराम्रो बाटो अँगालेको पनि भेटिएको छ । 

आधुनिकताको नाममा प्राचिन तथा पुराना शिक्षा पद्धतीहरुलाई बिर्सिदाँ केही शैक्षिक उपलब्धि देखिए पनि गुणात्मक रुपमा खास उपलब्धि भएको पाइँदैन् । यसो भन्दैमा आधुनिक शिक्षा पद्धतीलाई पूरै बेवस्था गर्ने भन्न खोजेको चाहिँ होइन् । नैतिकका विषयलाई कडाईका साथ प्रयोग गर्दै आधुनिकताको शिक्षण गर्न सकेमा विद्यार्थीको भविष्य सुन्दर हुनेछ । 

मुख्यतः वर्तमान समयमा बालबालिकाको भविष्य अन्योल बनाउने पक्षहरु यस्ता छन :– 

  • बालबालिकाको अनावश्यक इच्छालाई पूर्ति गर्न खोज्नु,
  • बालबालिकाको मनोविज्ञानलाई नबुझि देखावटी समाजको विकास हुनु, 
  • अभिभावकले बालबालिकालाई समय कम दिनु, 
  • आफ्ना धर्म संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्नु,
  • विद्यालय तहमा लागू भएका पठ्यक्रमहरुमा नैतिक ज्ञानको सामाग्री कम समावेश हुनु, 
  • अभिभावकले बालबालिकाका लागि फजुल खर्च गर्नु, 
  • पश्चिमी सभ्यतालाई प्रतिष्ठाको रुपमा लिनु, 
  • मातृ भाषा भन्दा अंग्रेजी भाषालाई मात्र जोड दिनु 

पुरानो शिक्षा मात्रै ठिक र अहिलेको बेठिक हो भन्ने कदापी होइन् । यसलाई एक आपसमा सही तरिकाले व्यवस्थापन गरि आगामी दिनमा अगाडि बढ्न सकिन्छ । 

जे जस्तो भए पनि विगतका केही महत्वपूर्ण आचरण, व्यवहारलाई अहिले पनि आत्मसात गर्दै अघि बढ्दा उचित हुने देखिन्छ । पुराना र नयाँ दुवै पद्धतीलाई परिवेश अनुसार मिश्रण गरेर शिक्षण गराउन सके मात्रै विद्यार्थीको भविष्य सकारात्मक बाटोतर्फ उन्मुख हुन सक्दछ ।   

(लेखक एसपिएम कलेज गैंडाकोट, नवलपुरमा शिक्षाशास्त्र संकाय प्रमुख छन्)