१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भानुजन माविमा विद्यार्थीको आकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३८:oo

फुङलिङ नगरपालिकास्थित भानुजन माध्यमिक विद्यालय अहिले अभिभावक र विद्यार्थीको आकर्षण बनेको छ । शिक्षण सिकाइको स्तर वृद्धि र उपलब्धिमूलक नतिजाकै कारण पछिलो समय भानुजन सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको हो ।

भानुजन माविमा २ वैशाखदेखि भर्ना अभियान सुरु भएको छ । विद्यालयले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता : गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गरेको हो । भर्ना अभियान सुरु भएको दिनदेखि विद्यालयमा आफ्ना सन्तानको भर्ना नपाइने हो कि भन्ने चिन्ताले कतिपय अभिभावकले नेता र सांसदलाई भनसुनका लागि फोन गर्न थालेका छन् । आफ्नो सन्तान भर्ना गराउन भानुजन मावि पुगेका एक अभिभावनले पठनपाठन व्यावहारिक र उपलब्धिमूलक भएकाले आफूले यही विद्यालय रोजेको बताए । उनी छोरीलाई कक्षा ८ मा भर्ना गर्न पुगेका थिए ।

भानुजन माविका प्रधानाध्यापक किशोर राईले नयाँ भर्नाका लागि आवेदन दिनेको संख्या उल्लेख्य मात्रामा रहेको बताए । आगामी ८ वैशाखसम्म आवेदन दिन सकिने भएकाले संख्या धेरै हुने अनुमान गरे । ९ वैशाखपछि आवेदन बन्द गरिने र छानेर मात्र करिब चार सय विद्यार्थीलाई भर्ना लिने उनको भनाइ छ । फुङलिङ नगरपालिकाले शिक्षक दिन उदासीनता देखाएकाले चार सय मात्र नयाँ भर्ना लिने निर्णय गरेको राईले जानकारी दिए ।

ताप्लेजुङमा तीन सय ३१ वटा सामुदायिक विद्यालय सञ्चालित छन् । जसमध्ये हजारभन्दा बढी विद्यार्थी हुने विद्यालय दुईवटा मात्र छन् । सिनाम माध्यमिक विद्यालय र भानुजन माध्यमिक विद्यालय हुन् । जिल्लाका ६१ माध्यमिक विद्यालयमा सयहाराहारीमा पनि विद्यार्थी छैनन् । तर, भानुजन माविले भने विद्यार्थीको भिड थाम्न नसकेर भर्ना अभियान नै सीमित समयका लागि खुलाएको जनाएको छ । 

ad
ad