१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १०:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आन्तरिक किचलो अन्त्य गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १०:५१:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा दिउँसो १ बजे बैठकमा शुक्रबार शीर्ष नेतृत्वले गरेका सहमतिलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो । 

संस्थापन पक्षले ११ पुसमा बहुमतको निर्णयबाट बहुमतबाट १४औँ महाधिवेशनको कार्यतालिका, विभाग गठन, क्रियाशील सदस्यका विषयमा विधानको धारा निलम्बनजस्ता महत्वपूर्ण निर्णय गरेको थियो । 

२६ मंसिरमा केन्द्रीय समिति बैठक सुरु भएदेखि नै पौडेल–सिटौला पक्षको उक्त निर्णयप्रति आपत्ति जनाउँदै आएका थिए । पौडेलेल २१ पुसमा आफू निकटका जिल्ला सभापतिहरूको भेला समेत डाकेका थिए । एक महिना लामो कसरतपछि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार दिनभर भएको शीर्ष तहको संवादमा बहुमतको निर्णयलाई सच्याउने सहमति भएको थियो । 

अर्काे वर्षकाे फागुन ७–१० मा महाधिवेशन गर्ने मितिबाहेकका कार्यतालिकाकाका विषयमा परिमार्जन गर्न संस्थापन पक्ष तयार भएपछि आज केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई समेत बैठकमा बोलाइएको छ ।