एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष इङमिङ याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उनले आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री दाहालले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए ।
उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजना प्रस्ताव गर्ने जानकारी पनि दिए ।