१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
एजेन्सी हैदराबाद
२o८१ जेठ ७ सोमबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हैदराबाद १० विकेटले विजयी

अभिषेक शर्माले २८ बलमा ७५ र टेभिस हेडले ३० बलमा ८९ रनको योगदान दिएपछि हैदराबादले ९.४ ओभरमा लखनउले प्रस्तुत गरेको १६५ रन पूरा ग¥यो

Read Time : < 1 मिनेट
एजेन्सी, हैदराबाद
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१९:oo

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को ५७औँ खेलमा बुधबार सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्टमाथि १० विकेटको सानदार जित निकालेको छ । हैदराबादमा भएको खेलमा लखनउले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेटको क्षतिमा १६५ रनको योगफल खडा गरेको थियो । हैदराबादले ९.४ ओभरमा विनाक्षति १६७ रन बनायो । 

हैदराबादको जितमा अभिषेक शर्माले २८ बलमा ७५ रनको योगदान दिए । टेभिस हेडले ३० बलमा ८९ रनको योगदान दिए । शर्माले ८ चौका र ६ छक्का प्रहार गरे । हेडले समान आठ चौका र छक्का प्रहार गरेका थिए । यसअघि ब्याटिङ गरेको लखनउका लागि आयुष बदोनीले सर्वाधिक ५५ रन जोडेका थिए । निकोलास पुरनले ४८ रनको नटआउट इनिङ्स खेले । पुरनले २६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । आयुषले नौ चौका प्रहार गरेका थिए । 

आइपिएल इतिहासमा १५० रनमाथिको योगफल छिटो पछ्याएको रेकर्ड हैदराबादले राखेको छ । सन् २००८ मा डेकन चार्जसले मुम्बई इन्डियन्सले दिएको १५५ रनको लक्ष्य १२ ओभरभित्र पूरा गरेको थियो । हेड र आयुषले लखनउविरुद्ध सम्रगमा १६ चौका र १४ छक्का प्रहार गरेका थिए । जितसँगै हैदराबाद १४ अंकका साथ तेसो स्थानमा उक्लेको छ । लखनउ छैटौँ स्थानमा छ । हैदराबादले पावर प्लेमा १०७ रन जोडेको थियो । चालू सिजनमा हैदराबादले दोस्रोपटक पावर प्लेमा सय रन कटाएको हो । हेडले केवल १६ बलमा अर्धशतकीय इनिङ्स खेलेका थिए ।

ad
ad