नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता ९ असारमा हुने भएको छ । प्रतिष्ठान र भलिबल संघबीच प्रतियोगिताका लागि बुधबार सम्झौता भएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्री र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतियोगितामा पुरुष र महिलामा सात प्रदेशबाट समान सात टोली सहभागी हुनेछन् । सातै प्रदेश भलिबल संघलाई टोली निर्माण गरी सहभागी गराउन आग्रह गर्ने अध्यक्ष चन्दले बताए । पुरुष र महिलामा सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधार खेल खेलाइनेछ । पुरुष र महिलाका विजेताले दुई लाख रुपैयाँ पाउनेछन् ।सर्वोत्कृष्ट खेलाडीलाई समान २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । विधागत उत्कृष्टले समान १० हजार नगद पुरस्कार पाउनेछन् ।
संघका अध्यक्ष चन्दले कुनै पनि खेलको विकास गर्न ग्रासरुट प्रतियोगिता महŒवपूर्ण हुने बताउँदै प्रतिष्ठानको सहयोगका लागि आभार प्रकट गरे । उनले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गर्ने बताए । प्रतिष्ठानकी अध्यक्ष झाँक्रीले उमेर समूहको प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेकोमा संघलाई धन्यवाद दिइन् ।