Skip This
मुसहर समुदायप्रति घृणा र द्वेषपूर्ण अभिव्यक्ति दिने प्रशासकीय अधिकृतलाई कारबाहीको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o९:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुसहर समुदायप्रति घृणा र द्वेषपूर्ण अभिव्यक्ति दिने प्रशासकीय अधिकृतलाई कारबाहीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:५६:oo

गोलबजार नगरका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले मुसहर समुदायप्रति घृणा र द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोप

सिराहाको गोलबजार क्षेत्रका मुसहर समुदायले गोलबजार नगरका प्रमुख प्रशासकीय अधिकृतले जातीय घृणा र द्वेष फैलाउने कार्य गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका छन्। 

गोलबजार नगरका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी

मुसहर समुदायको जातीय संस्था सबरी संकल्प समाजले शुक्रबार नगर उपप्रमुख मान्ती साहलाई ज्ञापनपत्र बुझाउँदै प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले संविधान र कानुनले बन्देज गरेको जातीय घृणा र द्वेष फैलाउने गरी दिएको अभिव्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउन नगरपालिका र प्रहरी प्रशासनसँग माग गरेको छ। 

स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकारविरुद्ध धावा बोल्दै जातीय घृणा र द्वेषपूर्ण अभिव्यक्ति दिएका प्रमुख प्रशासकीय अधिकृत केसीले आफूहरूको मानव अधिकारको हनन गरेको आरोप लगाउँदै समाजले सात दिनभित्र कानुनबमोजिम कारबाही नगरिए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ। 

‘गरिबीप्रति घोर अपमानजनक सोच’
गोलबजारका प्रमुख प्रशासकीय अधिकृत केसीले गत ३० चैतमा मुसहर समुदायप्रति घोर अपमानजनक, जातीय द्वेषी र घृणायुक्त शब्दसहितको अभिव्यक्ति दिएको अडियो सार्वजनिक भएपछि समाजले कारबाहीको माग गरेको हो। अडियोमा उनले पूर्वजन्ममा पाप र अपराध गरेकाले यो जन्ममा मुसहरको रूपमा जन्मेको, मुसहरहरू ना‌गै हिँड्ने, १०/१२ वर्षकै उमेरमा निमोनिया लागेर मर्ने गरेको भन्ने वाक्यांश मुसहर समुदायको गरिबीप्रतिको घोर अपमानजनक सोच रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

‘मुसहर जाति गरिब हुनुमा पूर्वजन्मको पाप होइन, शोषणपूर्ण राज्यको नीति, सामाजिक आर्थिक संरचना, अन्यायपूर्ण छुवाछूत प्रथा र उत्पादनका साधनहरूमा मुसहर जातिको पहुँच र मूलधारबाट वञ्चितीकरण मूल कारण हो’ ज्ञापनपत्रमा भनिएको छ, ‘उक्त तथ्यलाई बिर्सेर मध्ययुगीन सामन्ती तथा मनोवादी अभिव्यक्ति दिने अधिकृत दलित, गरिब द्वेषी र विरोधी हुन्, उनीबाट गरिब, दलितको उत्थानको अपेक्षा गर्न सकिँदैन।’

जातीय रूपमा दलितप्रति अपमान, घृणा र द्वेष फैलाउने अधिकृतको हातबाट विकास थाप्न आफूहरूको जातीय स्वाभिमानमा आघात पुग्ने भएकाले संवैधानिक, कानुनी व्यवस्था र मानव अधिकारको खिल्ली उडाउने अधिकृतलाई कानुनी कारबाहीका लागि समाजले बुझाएको ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ। 

पूर्वमेयरको मानमर्दन, पत्रकारलाई ज्यानको धम्की 
मुसहर समुदायप्रति जातीय अपमान, घृणा, द्वेषपूर्ण अभिव्यक्ति दिएका अधिकृत केसीले अडियोमा गोलबजारका संस्थापक नगरप्रमुख देवनाथ साहलाई पनि गालीगलौजसहित अपमानजनक अभिव्यक्ति दिएको सार्वजनिक भएको थियो । 

त्यसलगत्तै उनले आफ्नो कारणले पूर्वनगर प्रमुखको मानमर्दन र सम्मानमा पर्न गएको चोट परेको भन्दै विज्ञप्तिमार्फत् क्षमायाचना गरेका थिए । विज्ञप्तिमा उनले दुई व्यक्तिबीच छलफलको क्रममा भूलवश भएको भाषागत अशुद्धी सम्बन्धी अडियो रेकर्ड गरी सामाजिक संजालमा प्रकाशन गरेको गराएको भन्दै असन्तुष्टि जनाएका थिए । 

त्यसअघि गोलबजारका पत्रकार अर्जुन थपलियाले नगरपालिकाले गरेका विकास निर्माणका काममा देखिएका बेथिति, त्रुटी, कमजोरी औंल्याउँदै निरन्तर समाचार लेख्न थालेपछि गत २१ चैतमा अधिकृत केसीले गालीगलौजसहित ज्यान मार्ने धम्की दिएका थिए । 

समाचार लेखेकै कारणले ज्यान मार्ने धम्की दिएका उनलाई पत्रकारहरुको पेशगत संगठन नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाले कारबाहीको मागसहित दबाब दिएपछि उनले आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो नगर्ने लिखित कबोल गरेका थिए । 

ad
ad