१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १२ आइतबार १६:१३:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना भाइरसको जोखिम व्यवस्थापन गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १२ आइतबार १६:१३:००

कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै नेपाली कांग्रेस संसदीय दलले आवश्यक व्यववस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति निकाल्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘चीनको उहानबाट फैलिएको कोरोना भाइरस आधा दर्जन जति देशमा फैलिसकेकोे छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । यसबाट नेपालीको सुरक्षाका लागि नेपाल सरकारलाई गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न नेपाली कांग्रेस संसदीय दल माग गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

उहान शहरमा अध्ययनरत नेपाली विद्यार्थी लगायत व्यवसायमा रहेका नेपालीको समेत उच्च जोखिममा रहेकोले उनीहरूलाई यथाशीघ्र उद्धारका लागि पनि आवश्यक व्यवस्था गर्न पनि विज्ञप्तिमार्फत् सरकारको ध्यानाकषर्ण गराइएको छ ।