१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ भदौ ८ आइतबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार

सत्तापक्ष र प्रमुख प्रतिपक्षका कारण गणतन्त्रमा कालो बादल  ः चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
२०७६ भदौ ८ आइतबार १८:१८:००

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सत्तापक्ष र प्रमुख प्रतिपक्षका कारण गणतन्त्रमा कालो बादल लागेको बताएका छन् । 

जनताले ठूलो दुःख गरेर ल्याएको गणतन्त्र संस्थागत गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष चुकेको उनले बताए । राजमो निकट अखिल नेपाल उद्योग व्यापार संघ बागलुङले आइतबार सदरमुकाममा आयोजना गरेको प्रशिक्षण भेलामा बोल्दै केसीले संघीयताले मुलुकमा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता कमजोर हुँदै गएको उल्लेख गरे ।

संघीयताले काटेको घाउमा नुनु चुक लगाउने काम मात्र गरेको उनको भनाई छ । संघीय प्रणाली मुलुकले थेग्न नसक्ने उल्लेख गर्दै उनले संघ र स्थानीय तह राखेर प्रदेशलाई खारेज गर्नुपर्ने बताए । संघीयताको आवरणमा लगाइएको चर्को कर व्यवस्थाको बाधक बन्न सक्ने उनले चेतावनी दिए ।

अर्काे प्रसंगमा उनले वर्तमान दुई तिहाईको सरकार कम्युनिस्टको जस्तो नभएको बताए । ‘दलाल र ठेकेदारसँग कमिसन खाने, खुलेआम भ्रष्टाचार गर्ने पनि कन्युनिस्ट हुन्छ ?,’ केसीले भने, ‘राजनीति जनताका लागि नभएर अफ्ना लागि मात्र भइरहेको छ ।’

उनले प्रमुख प्रतिपक्ष कांग्रेसको पनि भ्रष्टाचारमा मिलेमतो रहेको आरोप लगाए । ‘कांग्रेसले कुनै दिन भ्रष्टाचार, महंगी, अराजकताका बिषयमा संसद अवरुद्ध गरेको सुन्नुभएको छ ?,’ उनले प्रश्न गरे, ‘वाइडबडीजस्ता प्रकरण आए कांग्रेस चुपचाप रहन्छ ।’