१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संख्या पुगेको दिन गणतन्त्र उल्टाउँछौँ : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:३o:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संख्या पुगेको दिन गणतन्त्र उल्टाउने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङ्देनले गणतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको बताए । 

‘अहिले ठूला भनिएका दलहरूले गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन् । हामी अहिले सानो संख्यामा छौँ । बहुमत पुगेको दिन यो व्यवस्था नै पल्टाउनेछौँ,’ उनले भने । 

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका अध्यक्ष लिङ्देनले अब राजा र धर्मलाई गाली गरेर वाहवाही कमाउने समय सकिएको जिकिर गरे ।

नयाँ सत्तागठबन्धन जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर नबनेको भन्दै उनले सत्ताको भागबन्डा र विभिन्न काण्डबाट सुरक्षित हुन नयाँ गठबन्धन बनेको धारणा राखे । 

‘सत्तालाई आफ्नो सुरक्षा कवचको रूपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो । त्यसमा केही धेरै भनिराख्नुपर्दैन,’ उनले भने, ‘त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी यो सत्ताकेन्द्रित चलखेलमा सहभागी हुँदैन । सत्ताकेन्द्रित र सत्तालाई सुरक्षा कवच बनाउने गठबन्धनलाई राप्रपाले विश्वासको मत दिँदैन ।’ 

ad
ad