संसद् पुग्यो निजामती सेवा विधेयक (पूर्णपाठसहित)
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयक संसदमा पेस गरेकी हुन्।
विधेयकमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ। ५५ वर्षमै अवकाश लिने कर्मचारीलाई ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था पनि प्रस्तावित छ।
त्यस्तै, सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले अन्य नियुक्ति लिनुअघि दुई वर्षको ‘कुलिङ पिरियड’ पूरा गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ।
निजामती कर्मचारीको ३०–५५ को अवकाशबारे यस्तो छ विधेयकमा व्यवस्था
बिहीबार सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवा विधेयक, २०८३ मा निजामती कर्मचारीको अवकाश, उपादान र निवृत्तिभरणबारे व्यवस्था गरिएका छन्। विधेयकको परिच्छेद– ७ अन्तर्गत दफा ५७ मा अनिवार्य अवकाशबारे व्यवस्था छ।
उक्त दफामा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ। तर, ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पूरा भएका वा सेवा अवधि ३० वर्ष पूरा भएका कर्मचारीले अनिवार्य अवकाश पाउनेबारे दफामा व्यवस्था गरिएको छ। यो व्यवस्थाअन्तर्गत ३० वर्ष सेवा अवधि वा ५५ वर्षे उमेर जुन पहिला आउँछ, त्यसैबाट कर्मचारीको अवकाश हुन्छ।
विपतबिच पर्यटक आगमन बढ्यो, सेप्टेम्बरमा ८८ हजार पर्यटक नेपाल भित्रिए
लगातार प्राकृतिक विपतकाे सामना गरिरहेको नेपालमा विदेशी पर्यटक आगमन भने बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो।
पर्यटक आगमनमा वृद्धि भए पनि बजारगत अवस्था भने मिश्रित छ। दक्षिण एसियाबाट आउने पर्यटक २३.९ प्रतिशत बढेर ३० हजार ८५ पुगेका छन्। अघिल्लो वर्ष यस क्षेत्रबाट २४ हजार २८५ पर्यटक आएका थिए।
अन्य एसियाली मुलुकबाट आगमन ५८ प्रतिशत बढेर १९ हजार ८८८ पुगेको छ। यसमा चीनको वृद्धि उल्लेख्य छ। गत वर्ष सेप्टेम्बरमा पाँच हजार २३७ चिनियाँ पर्यटक आएकोमा यस वर्ष ११ हजार २१२ पुगेका छन्। चीनबाट पर्यटक आगमन ११४.१ प्रतिशत बढेको हो।
गृहका २३ उपसचिवको सरुवा, पाँच जिल्लाका सिडिओ फेरिए
गृह मन्त्रालयले २३ उपसचिवको सरुवा गरेको छ। सरुवामा पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
गृहले तेह्रथुममा अशोक वाग्ले, बाजुरामा मुक्तिराम रिजाल, मुस्ताङमा पर्शुराम पोखरेल, अछाममा टीकाराम ढकाल र रोल्पामा सुरेश सुनारलाई सिडिओको रूपमा खटाएको छ।
२० वर्ष जागिर खाएका र ५५ वर्ष उमेर कटेका कर्मचारीलाई स्वैच्छिक अवकाश खुलाइयो
२० वर्ष जागिर खाएका र ५५ वर्ष उमेर कटेका कर्मचारीलाई स्वैच्छिक अवकाशको कानुनी व्यवस्था खुलाइएको छ । निजामती विधेयकको दफा ६० मा यसबारे व्यवस्था छ ।
विधेयकमा निजामती कर्मचारीले जुनसुकै बखत राजीनामा दिई स्वैच्छिक अवकाश लिन सक्ने भनिएको छ । निवृत्तिभरण पाउने अवस्था र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीले स्वैच्छिक अवकाश पाउनेबारे विधेयकमा व्यवस्था छ । यसका लागि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्ने र सूचनामा उल्लिखित सर्तको अधीनमा रही स्वैच्छिक अवकाश लिन सक्ने व्यवस्था गरिएको छ ।
निजी क्षेत्रलाई विद्युत् प्रसारणलाइन प्रयोग गर्न खुला, ‘ह्विलिङ चार्ज’ सार्वजनिक
सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारणलाइन प्रयोग गर्न खुला गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारणलाइन प्रयोगको बाटो खोलेको हो।
मन्त्रालयमातहतको विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारणलाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्विलिङ चार्ज) सार्वजनिक गरेको छ।
तीन हजार १९१ वडामा देउवा पक्षको अधिवेशन सम्पन्न
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न गरेको छ। इतर पक्षको निर्वाचन समिति संयोजक एगराज पोखरेलले विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन्।
पोखरेलका अनुसार कोशीमा ५७७, मधेशमा ४०२, बागमतीमा ५६३, गण्डकीमा ३८६, लुम्बिनीमा ५५०, कर्णालीमा २५७ र सुदूरपश्चिममा ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ।
हेटौँडाको रोपवे चौर बसपार्क आठ वर्षपछि पुनः सञ्चालनमा ल्याइँदै
हेटौँडा उपमहानगरपालिकाले आठ वर्षअघि उद्घाटन गरे पनि नियमित सञ्चालन हुन नसकेको चौकीटोलस्थित रोपवे चौर बसपार्क पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले मकवानपुरको उत्तरी क्षेत्र तथा काठमाडौं ओहोरदोहोर गर्ने सुमो र बसलाई एकै स्थानबाट सञ्चालन गर्न लागिएको हो।
हाल हेटौँडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टिसिएन रोड र संगमचोकलगायत क्षेत्रमा छरिएर रहेका सुमो तथा बसका काउन्टर रोपवे चौरमा सार्ने तयारी छ। यात्रुले सोही स्थानबाट टिकट लिने र सवारीसाधन पनि त्यहीँबाट छुट्ने व्यवस्था मिलाइने भएको हो।
नागढुंगा सुरुङमार्गमा ट्राफिक नियम मिच्ने १३ चालक कारबाहीमा
नागढुंगा सुरुङमार्गमा ट्राफिक नियम मिच्ने १३ जना एकैदिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार १३ चालकलाई कारबाही गरेको हो।
लेन अनुशासन नमान्ने, तीव्र गतिमा चलाउने तथा ओभरटेक गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
सिंहदरबार वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन
सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको अन्तर्क्रियापछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठनको निर्णय भएको हो।