मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२० वर्ष जागिर खाएका र ५५ वर्ष उमेर कटेका कर्मचारीलाई स्वैच्छिक अवकाश खुलाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १४:५१:oo

२० वर्ष जागिर खाएका र ५५ वर्ष उमेर कटेका कर्मचारीलाई स्वैच्छिक अवकाशको कानुनी व्यवस्था खुलाइएको छ । निजामती विधेयकको दफा ६० मा यसबारे व्यवस्था छ ।

विधेयकमा निजामती कर्मचारीले जुनसुकै बखत राजीनामा दिई स्वैच्छिक अवकाश लिन सक्ने भनिएको छ । निवृत्तिभरण पाउने अवस्था र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीले स्वैच्छिक अवकाश पाउनेबारे विधेयकमा व्यवस्था छ । यसका लागि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्ने र सूचनामा उल्लिखित सर्तको अधीनमा रही स्वैच्छिक अवकाश लिन सक्ने व्यवस्था गरिएको छ । 

स्वैच्छिक अवकाश लिने कर्मचारीको ६० वर्षे उमेर ननाघ्ने गरी बढीमा पाँच वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरणका लागि जम्मा सेवाअवधि कायम गर्नुपर्ने प्रबन्ध गरिएको छ । 

तर, फाजिलमा परेका वा सरकारलाई आवश्यक नभएका पदमा कार्यरत कर्मचारीका हकमा छुट्टै सर्त र सुविधा तोकी राजपत्रमा सूचना प्रकाशन गरी स्वैच्छिक अवकाशका लागि निवेदन माग गर्न सकिने उल्लेख छ ।

↑