Skip This
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ? 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार o८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार o८:o१:oo

प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरेको खुलेको छ। शनिबार बेलुका प्रहरीले घरबाटै उनलाई पक्राउ गरेको हो।प्रहरी स्रोतका अनुसार उनीविरुद्ध कसैको उजुरी छैन । शान्तिसुरक्षासम्बन्धी विश्लेषणका आधारमा उनलाई पक्राउ गरिएको हो। 

‘शान्तिसुरक्षा भड्काउने किसिमका गतिविधिमा उनको संलग्नता देखियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने, ‘केही जेन–जी अभियन्ता भनिनेहरूलाई सरकारविरुद्ध उचाल्नेजस्ता गतिविधिमा संलग्नताको प्रमाण भेटिएपछि पक्राउ गरिएको हो।’

उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा अनुसन्धान हुने सम्भावना छ। सरकारको उच्च तहबाट आएको निर्देशनकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।उनका पछिल्ला गतिविधिहरू शंकास्पद देखिएपछि पक्राउ गरेरै अनुसन्धान गर्ने निष्कर्षमा सरकार पुगेको हो। स्रोतका अनुसार प्रहरीले उनको मोबाइल पनि जफत गरेको छ। मोबाइलबाट उनका गतिविधिबारे विश्लेषण गर्न लागिएको छ। 

जबरा पदमा हुँदा विवादास्पद प्रधानन्यायाधीश हुन्। उनीविरुद्ध संसदमा महाभियोगसमेत दर्ता भएको थियो। 

↑