Skip This
नारायणी नदीमा आएको बाढीले गैँडाकोटका ११० घर डुबानमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
२o८३ असोज ११ आइतबार ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणी नदीमा आएको बाढीले गैँडाकोटका ११० घर डुबानमा

१ सय १० घरका ४ सय जनालाई सुरक्षित स्थानमा सारियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार ११:४o:oo

नारायणी नदीमा आएको बाढीले नवलपुरको गैँडाकोटका ११० घर डुबानमा परेका छन् । नवलपुर प्रहरीका अनुसार गैँडाकोट– २, बोटेटोलमा बाढीबाट प्रभावित ११० घरका चार सयजनालाई आइतबार सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

चार सयजनालाई प्रहरी र स्थानीयको सहयोगमा नजिकै रहेको महेन्द्र आधारभूत विद्यालय र केहीलाई आफन्तहरूको घरमा व्यवस्थापन गरिएको छ । उनीहरूको सरसामानहरू सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ ।

घर डुबानमा परे पनि यहाँ मानवीय तथा पशु चौपायाको कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । शनिबार पनि यहाँका १८ घरका १४० जनालाई स्थानान्तरण गरिएको थियो ।

↑