Skip This
पूर्वप्रधानन्यायाधीश जबरालाई सोधपुछपछि छाड्ने तयारी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वप्रधानन्यायाधीश जबरालाई सोधपुछपछि छाड्ने तयारी 

प्रहरीको दाबी–पक्राउ गरिएकै होइन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १२:१९:oo

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि छाड्ने तयारी गरेको छ। स्रोतका अनुसार आजै उनलाई आफन्तको जिम्मा लगाउन लागिएको छ । 

प्रहरीले उनलाई पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएपछि प्रहरी कार्यालयमा ल्याएर राखेको दाबी गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यराति उनलाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा लगि सोधपुछ गरिएको छ। उनका कतिपय गतिविधि शंकास्पद देखिएको भन्दै त्यसरी सरकारकै निर्देशनमा पक्राउ गरिएको स्रोत बताउँछ। 

तर, प्रहरीले पक्राउ नगरिएको दाबी गरेको छ। एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण उनलाई घरबाट प्रहरीको कार्यालयमा ल्याइएको बताए । ‘उहाँलाई पक्राउ गरिएको होइन, सुरक्षा थ्रेटको सूचना आएपछि हामीले ल्याएका हौैँ,’ उनले भने । तर, यसरी सुरक्षा थ्रेट भएका व्यक्तिलाई घरबाट प्रहरी कार्यालयमा लैजाने अभ्यास विगतमा छैन। उनीविरुद्धको मुद्दा कमजोर हुने विश्लेषणपछि छाड्न लागिएको स्रोत बताउँछ। 

पूर्वप्रधानन्यायाधीशलाई विनापक्राउ पुर्जी पक्राउ गरिएको विषयमा प्रश्नसमेत उठ्न थालेपछि प्रहरी ‘ब्याक’ भएकाे छ। 
 

↑