मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन हजार १९१ वडामा देउवा पक्षको अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १९:४६:oo

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न गरेको छ। इतर पक्षको निर्वाचन समिति संयोजक एगराज पोखरेलले विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन्।

पोखरेलका अनुसार कोशीमा ५७७, मधेशमा ४०२, बागमतीमा ५६३, गण्डकीमा ३८६, लुम्बिनीमा ५५०, कर्णालीमा २५७ र सुदूरपश्चिममा ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ।

बाँकी रहेका वडाहरूमा यही १८ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका रहेको सूचनामा उल्लेख छ। बाढी प्रभावित रसुवामा वडा अधिवेशन नभएको र बागलुङमा नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण भोलिलाई सरेको बताइएको छ।

देउवा पक्षले आगामी २१ देखि २३ मंसिरसम्म महाधिवेशन गर्दै छ।

↑