मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार १२:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवतीको हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १२:o५:oo

 बिर्तामोडमा युवतीलाई हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको किसनगन्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्रामपञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका– ५ स्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीपचन्द्र राय छन्।

प्रहरीका अनुसार रायले साेमबार राति करिब १०:३० बजे इलामको रोङ गाउँपालिका– ३ घर भई हाल बिर्तामोड– ५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरेका थिए। मादक पदार्थ सेवन गरेका रायले तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ।पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

↑