मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १३ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुक्खा पहिरोले घर पुरिँदा पर्वतमा ६५ वर्षीय आचार्य घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार ११:३o:oo

पर्वतको जलजला गाउँपालिका– ७, लामाबगरमा सुक्खा पहिरोले घर पुरिँदा च्यापिएका एकजनाको सकुशल उद्धार गरिएको छ।

मंगलबार बिहान करिब ५:३० बजे माथिबाट ढुंगा–माटोसहितको सुक्खा पहिरो खस्दा घरभित्र रहेका स्थानीय ६५ वर्षीय आत्माराम आचार्य च्यापिएका थिए। उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।

उद्धार गरिएका आचार्यको दाहिने आँखामाथिको भाग र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका उनलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ।

↑