नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार तीन सय रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर चार हजार ३९५ रुपैयाँमा कायम भएको छ। सोमबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार एकै दिनमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।