मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १३ मंगलबार १२:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठुला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बनापूर्ण : डा. बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १२:५६:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ‘ठुला माछा समात्ने’ प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने भए पनि न्यायिक प्रणालीमा देखिएको असमानताप्रति प्रश्न उठाएका छन्।

उनले गरिब व्यक्तिले हतारमा प्रमाण छाडेर चोरी गर्दा पक्राउ परी दण्डित हुने, तर पहुँच र स्रोतसाधन भएका व्यक्तिले प्रमाण नछोडी ठुलो अपराध गर्दा प्रमाण नभेटिएको भन्दै निर्दोष ठहरिने अवस्था रहेको टिप्पणी गरेका छन्।

भट्टराईले देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न ‘भेषधारी गिरोह’लाई नष्ट नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन नसक्ने बताएका छन्।

↑