बिपी राजमार्गमा साना सवारीसाधन सञ्चालनमा आएका छन् । आज दिउँसो १:५ बजेको अवस्थाअनुसार राजमार्गका केही स्थानमा एकतर्फी बाटो सञ्चालनमा ल्याइएको हो ।
गिम्दीबेँसी, घुमाउने र डालाबेँसीमा एकतर्फी बाटो सञ्चालन भएको जनाइएको छ । यद्यपि, ठुला सवारीसाधन भने अझै सञ्चालन हुन सक्ने अवस्था छैन ।
राजमार्गमा थप मर्मत तथा सडक खुलाउने काम भइरहेको जनाइएको छ । सम्बन्धित निकायले यात्रुलाई सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ ।