मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री रोजगार कार्यक्रमको साढे १६ लाख हिनामिना, राइनासका कर्मचारी र जनप्रतिनिधिसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १४:३१:oo

प्रधानमन्त्री रोजगार कार्यक्रमको साढे १६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा लमजुङको राइनास नगरपालिकाका तत्कालीन जनप्रतिनिधि र कर्मचारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आर्थिक वर्ष ०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सशर्त अनुदान (१६ लाख ७२ हजार रुपैयाँ) तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेलगायतले हिनामिना गरेको अख्तियारले जनाएको छ।

अख्तियारले तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र लेखापाल नवीनकुमार बराललाई प्रतिवादी बनाएको छ। यसैगरी, तत्कालीन वडाध्यक्षहरू रमेश न्यौपाने (१), जैमान गुरुङ (४), नन्दबहादुर कुमाल (५), रुकबहादुर तामाङ गुरुङ (६), कृष्णप्रसाद लामिछाने (८) र माधवप्रसाद पराजुली (७) तथा वडा नं. ३ का वडा सदस्य ओजराज पौडेललाई समेत प्रतिवादी बनाइएको छ।

आर्थिक वर्षको अन्तिम दिन संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने ससर्त अनुदानस्वरूप प्राप्त रकम फिर्ता नगरी तत्कालीन रोजगार संयोजकले पेस्की लिई अन्य प्रतिवादीहरूको खातामा जम्मा गरेको र तोकिएको कार्यक्रम सञ्चालन नै नगरी उक्त रकम हालसम्म फर्स्योट नगरेको आरोपपत्रमा उल्लेख छ।

साथै रोजगार संयोजक न्यौपानेले पदमा बहाल रहँदा नगरपालिकाबाट ०७६ वैशाख १६ मा बुझिलिएका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरासमेत फिर्ता नगरेको आरोप छ। ती सामानको परल मूल्य एक लाख ६७ हजार २५६ रुपैयाँ थप राज्यकोषमा क्षति गरेको दाबी छ।

↑