मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका शिशिर खनाल
२o८३ असोज १३ मंगलबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्कँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, शिशिर खनाल
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १२:५१:oo

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी भएका मन्त्री खनाल जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन्।

उनीलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, न्युयोर्कस्थित नेपालका महावाणिज्यदूत दधिराम भण्डारीलगायत नेपाली नियोगका अधिकारीहरूले विमानस्थलमा बिदाइ गरेका थिए।

मन्त्री खनाल बुधबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ। महासभाका क्रममा उनले विभिन्न उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय मञ्चका कार्यक्रममा सहभागिता जनाएका थिए।

↑