मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार ११:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमाबाट साढे १६ लाखभन्दा बढीको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार ११:३७:oo

सिराहाका विभिन्न सीमानाकाबाट सशस्त्र प्रहरीको टोलीले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउन लागिएको साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थापाका अनुसार दक्षिणी सीमा क्षेत्रमा खटिएको टोलीले छुट्टाछुट्टै स्थानबाट १६ लाख ५० हजार ४६३ रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद गरेको हो।

बरामद सामानमा लत्ताकपडा, किराना सामान, सुर्ती, कस्मेटिक सामग्री, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, फोटो फ्रेम तथा औषधिलगायत छन्। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सिराहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समय सीमानाकाबाट हुने अवैध निकासी तथा चोरीपैठारी नियन्त्रणका लागि निगरानी र गस्ती बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। गणका अनुसार गत साउन र भदौ गरी दुई महिनामा सिराहाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको गस्ती टोलीले करिब दुई करोड ९५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ।

असोज ११ गतेसम्म गस्तीका क्रममा ५३ लाख रुपैयाँबराबरका लत्ताकपडा, किराना सामान, सुर्ती, खेलौना, कस्मेटिक सामग्री, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, फोटो फ्रेम तथा औषधिलगायतका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

↑