मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार ११:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागलुङमा बाढीपहिरोबाट १२ जनाको मृत्यु, एक महिला बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार ११:१५:oo

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण बागलुङमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार असोज ९, १० र ११ गतेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएको हो।

पहिरोमा पुरिएर पाँच पुरुष, चार महिला र तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक महिला अझै बेपत्ता रहेकी छिन्। प्रहरीका अनुसार वर्षाका कारण ५९ घर पूर्ण र ५९ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, १० गोठ पूर्ण र एउटा गोठमा आंशिक क्षति भएको छ। तीनवटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीपहिरोबाट दुई प्रहरी कार्यालय, दुई हाइड्रोपावर र एउटा विद्यालयमा आंशिक क्षति पुगेको छ। एउटा वडा कार्यालय, एउटा रिसोर्ट र एउटा कृषि फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

यस्तै, २५६ वटा पशुचौपाया र दुई हजार ११५ वटा कुखुरा मरेका छन्। जिल्ला प्रहरी कार्यालयले क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेको जनाएको छ। थप विवरण संकलन भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

↑