लिट्मस इन्डस्ट्रिज लिमिटेडले ऊर्जा क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याई काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ । कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) र परामर्श क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती तथा उदीयमान अवसरबारे छलफल गरिएको थियो । कार्यक्रममा सहकार्य, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।
कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, इपिसी कम्पनी, परामर्शदाता तथा इप्पानलगायतका संस्थाका प्रतिनिधि सहभागी भएका थिए । नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको बदलिँदो आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिकाबारे कार्यक्रममा छलफल गरिएको थियो ।
कम्पनीले एचटिएलएस, कन्डक्टर र एल–५९ कन्डक्टर नेपाली बजारमा प्रस्तुत गरेको हो । यी उत्कृष्ट कन्डक्टर प्रविधिको सुरुवातले लिट्मस इन्डस्ट्रिजको उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा विकसित हुँदै गएका आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रका विभिन्न पक्षबिच बलियो साझेदारी निर्माणको महत्वमा जोड दिए ।