ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १७ भदौमा उपलब्ध गराएको विवरणअनुसार मन्त्री विराजभक्त श्रेष्ठले सल्लाहकार र स्वकीय सचिवालयमा गरी १३ जनालाई नियुक्त गरेका छन् ।
मन्त्रीको ऊर्जा सल्लाहकारको पदमा विवेकराज कँडेल, नीति सल्लाहकारमा रमेश पौड्याल, निजी क्षेत्र सल्लाहकारमा गणेश कार्की, योजना तथा लगानी सल्लाहकारमा आशुतोष तिवारी र प्रशासनिक सल्लाहकारमा अनिल अधिकारी छन् ।
तीमध्ये चारजना अवैतानिक रहेका र प्रशासनिक सल्लाहकार अधिकारीलाई सचिवसरहको सुविधा दिने गरी नियुक्त गरिएको विवरणमा उल्लेख छ ।
त्यस्तै, स्वकीय सचिवालयतर्फ प्रमुख स्वकीय सचिवालयमा सञ्जीव महर्जन, स्वकीय अधिकृतमा श्रीश पाण्डे, स्वकीय अधिकृतमै समृधी मल्ल, प्रशासन सहायकमा केयुरमान सिंह र निगमराज शर्मा नियुक्त भएका छन् ।
हलुका सवारीचालकमा सविन महर्जन र कृतिमान महर्जन तथा कार्यालय सहयोगीमा जिनत शेख कार्यरत छन् ।