मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार o८:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जिडब्लुएमको फेस्टिभ अफर, इभीमा तीन लाखसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o८:४५:oo

ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले चाडपर्वलाई लक्षित गर्दै ‘जिडब्लुएम फेस्टिभ अफर: गो विथ मोर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत जिडब्लुएमका विद्युतीय एसयुभी ओरा ५ मा दुई लाख र हाभल जोलियन म्याक्स खरिदमा ग्राहकले तीन लाख रुपैयाँसम्मका विभिन्न छुट पाउने भएका हुन् ।

कम्पनीका अनुसार अफरमा फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर तथा सात किलोवाटको चार्जर र एसेसरिज समावेश छन् । त्यसैगरी, ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु तथा सहज फाइनान्सिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुने बताइएको छ ।

त्यस्तै, हाभल जोलियन म्याक्स इभीमा आधुनिक एसयुभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ । ‘गो विथ मोर’ अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको जिडब्लुएम नेपालले जनाएको छ । 
 

↑