मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
मोहन विष्ट कञ्चनपुर
२o८३ असोज १३ मंगलबार ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सांसद, किसान, युवा, विद्यार्थी नेतादेखि जनप्रतिनिधिसम्म चयन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार ११:o५:oo

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा सबैजना निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस संस्थापन पक्षको १५औँ महाधिवेशनका लागि क्षेत्र नं. १ बाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन्।

असोज ११ गते आइतबारदेखि सुरु भएको क्षेत्रीय सम्मेलनले दुई दिन लगाएर महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको हो। निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ बाट सांसद, किसान, युवा नेतादेखि जनप्रतिनिधिसम्म महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

संविधानसभा सदस्यसमेत रहेका प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, पहिलो प्रयासमै युवा नेता सुरेन्द्रसिंह, दीर्घबहादुर सिंह (ठकुरी), पूर्वशिक्षक लालबहादुर रावत, किसान नेतृ भगीरथ विष्ट, चेतनकुमार राई, हरिन्द्रसिंह विष्ट, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, उपाध्यक्ष शान्तिनाथ, विद्यार्थी नेता दमनराज उपाध्याय, निवर्तमान क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलडाँडीका पूर्वसभापति हर्कदेव जोशी, सीताराम खड्का, यमप्रसाद पौडेल, दिनेश शर्मालगायत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

त्यस्तै, महिला नेतृतर्फ खिना भण्डारी, मीनादेवी चन्द, अनिता तामाङ, राधा विष्ट, देवी पौडेल (लोहनी), तारा खड्का, मनोज भट्ट, मानबहादुर रोकाया, रघुवीर सिंह भण्डारी, विश्राम राना, धर्मसिंह बडायत, सगुन राना, सौजन्या राना, दाउत तामाङ, दीपबहादुर लामा, रमेश चुनारा, रामबहादुर खड्का, छेमानन्द राना, लालबहादुर रावत र धर्मराज जोशी रहेका छन्।

नेपाली कांग्रेस कञ्चनपुर– १ का सभापति गोपीप्रसाद उपाध्यायले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिदेखि प्रादेशिक र संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय नेतृत्व तथा पदाधिकारीसम्म सबै सहमतीय आधारमा टुंगो लगाइएको बताए।

↑