मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १३ मंगलबार o७:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साओमीको चाडपर्वलक्षित योजनामा थाइल्यान्ड भ्रमणको अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o७:३९:oo

स्मार्टफोन निर्माता कम्पनी साओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘साओमी किन्दा उपहार एभ्रिडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत नयाँ साओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन् । चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीको भनाइ छ ।

योजनाअन्तर्गत हरेक दिन आठजना भाग्यशाली विजेताले दुई हजार चार सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार नौ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन् । साथै, चारजना भाग्यशाली बम्पर विजेताले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन् ।

↑