सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशमा ‘सेमिनार अन क्यापिटलाइजिङ अन टुरिजम बजेट अचिभमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी रिभ्यु– गण्डकी प्रदेश ०८३/८४’ कार्यक्रम गरेको छ । प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा सहकर्मीबिच गरिएको सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।
कार्यक्रममा गत आवको कार्यप्रगति समीक्षा एवं चालू आवको बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकतामा छलफल भएको थियो । गण्डकीका आठ जिल्लामा यसका बैंकका १५ शाखा कार्यालय सञ्चालनमा छन् ।